राष्ट्रपतिले ७६(५) बमोजिम ओली मात्रै होइन कसैलाई पनि नियुक्ति गर्न पाउदिन भन्न पाउनुहुन्नः वरिष्ठ अधिवक्ता भट्टराई



काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपतिलाई संवैधानिक दायित्व निर्वाह गर्दिन भन्ने अधिकार नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइको क्रममा भट्टराईले राष्ट्रपतिले कसैलाई प्रधानमन्त्री नियुक्ति गर्न पाउदिन भन्न नपाउने बताएका हुन् । उनले राष्ट्रपतिले संवैधानिक कर्तव्य वा दायित्व पूरा गर्नैपर्ने जिकिर गरे ।

उनले भने, ‘धारा १२७ ले सैनिक अदालतले गरेको आदेश समेत सर्वोच्च अदालतको ‘जुरिस्डिक्सन’ भित्र पर्ने व्याख्या अदालतले गरिसकेको छ । राष्ट्रपतिले ७६(५) बमोजिम केपी शर्मा ओली मात्रै होइन कसैलाई पनि नियुक्ति गर्न पाउदिन भन्न पाउनुहुन्न । राष्ट्रपतिको संवैधानिक कर्तव्य हो । चार जनाको दाबी परेपनि उहाँले नियुक्ति गर्नुपर्छ ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले महाभियोग लाग्ने काम गरेको बताए । उनले भने, ‘राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गर्नुभएको छ । राष्ट्रपतिलाई धारा ७६(५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन । संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाभियोग लगाउने व्यवस्था छ । न्यायाधीशलाई न्याय निरुपणका लागि इजलासमा बस्दिन भन्ने अधिकार हुँदैन । त्यस्तै राष्ट्रपतिलाई पनि आफ्नो दायित्व निर्वाह नगर्ने छुट हुँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

मनास्लु क्षेत्रमा ९ महिनामा आठ हजार विदेशी पर्यटक

  गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको ९ महिनाको अवधिमा आठ हजारभन्दा