म्याग्दीको मालिकामा २० शय्याको आइसोलेसन वार्ड निर्माण



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिए ।

यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा पाँच शय्याको कोरोना अस्पताल बनाएको थियो । सो कोरोना अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो । अहिलेसम्म गाउँपालिकाको आइसोलेसनमा कोरोना सङ्क्रमित भर्ना भएका छैनन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने स्वास्थ्य संयोजक थापाले जानकारी दिए । आइसोलेसन वार्डमा अक्सिमिटर र अक्सिजनको व्यवस्था गरिएको छ । उनका अनुसार मालिका गाउँपालिका ठेगाना भइ हाल गाउँपालिका बाहिर बसोबास गर्नेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

“जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेको र गाउँपालिका भित्रका सङ्क्रमितले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो”, गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले भने, “सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन गाउँपालिकाले २५ गतेदेखी नियमित रुपमा स्वाब सङ्कलन गर्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता