ओलीले लिने विश्वासको मतलाई विफल पार्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनले पहिले प्रधानमन्त्री ओलीको योजना विफल पार्ने र त्यसपछिमात्र वैकल्पिक सरकारको बाटो खोज्ने बताए ।

वर्तमान कम्युनिस्ट सरकारले अल्पमतमा पुगिसके पनि जबरजस्ती सरकारमा बस्ने रणनीति बनाएको उल्लेख गर्दै पदाधिकारी बैठकमा यसबारे गम्भीर छलफल भएको महतले बताए ।

यसैगरी आजै सरकारले ल्याएको अध्यादेशको पनि कांग्रेस पदाधिकारी बैठकले विरोध गरेको छ । महतले भने, ‘संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढेकोमा भत्र्सना गरेका छौं। संसदकै बैठक बोलाएर छलफल गर्नुपर्नेमा संसद छलेर अध्यादेश ल्याएको छ। नागरिकले उपचार नपाउने अवस्था आएको छ कोरोनाले तर यो विषयमा पनि गम्भीर ध्यानकार्षण गराउने पार्टीको तयारी छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गरेकी थिइन् । जारी भएका अध्यादेशहरूमा विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको हो ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । बैठकलाई माओवादीले पनि राम्रो उद्देश्यले नबोलाइएको ठहर गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको