दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका हुन् ।

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छन् । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ । प्रमुख आयुक्त राईले गरेको उक्त स्वघोषणा गरी दिएको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ