सरकार र विप्लव समूहलाई इमान्दार वार्ताबाट समाधानमा पुग्न कांग्रेसको आग्रह



काठमाडौं । नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गर्न टोली गठन गर्नु सकारात्मक भएको बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरी वार्ता समिति गठन सकारात्मक भएको भन्दै इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका हुन् ।

शर्माले नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको