युवा जोश र क्षमतालाई राष्ट्रको खातिर लगाउन पूर्वप्रधानसेनापति कटवालको आग्रह



काठमाडौं । डिफेन्स करियर एकेडेमी नेपालले बसन्त पञ्चमी(सरस्वती पूजा)को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । बसन्त पञ्चमीका अवसरमा एकेडमीले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सुरक्षा निकाय तथा प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टर तथा असइ, नेपाली सेनाको अधिकृत क्याडेट लगायत अन्य विभिन्न पदहरूमा सेवा प्रवेश गर्न इच्छुक युवाहरूको कार्यक्रममा ठूलो संख्यामा सहभागिता रहेको थियो । कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूले बसन्त पञ्चमी र यसको महत्वको बारेमा आफ्ना भनाइहरू राखेका थिए ।

सहभागी विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कलाहरू देखाएका थिए । कार्यक्रममा पूर्वप्रधानसेनापति रुकमांगद कटवालले असम्भवलाई संभव ल्याउने आँट र अठोट युवामा हुनुपर्ने बताए ।

उनले त्यसका लागि कामपनि त्यसै अनुसारको हुनुपर्ने बताए । उनले भने, ‘पृथ्वीनारायण शाह, नेपोलियन बोनापार्टहरुले कम उमेरमै साहस र क्षमता प्रदर्शन गरेका थिए । त्यसैले यो युवाजोश र क्षमतालाई राष्ट्रको खातिर लगाउन सबैमा मन भित्रैबाट शक्ति प्राप्तहोस् भन्ने शुभेच्क्षा प्रकट गर्दछु ।’ उनले डिक्यान जस्तो गरिमामय संस्थाले देशका लागि लड्ने योद्धाहरुको क्षमता बृद्धि गर्ने काममा सहयोग पुर्याएकोमा धन्यवाद दिए ।

कार्यक्रममा डा. बमबहादुर थापा जितालीले ज्ञान, बुद्धि र विद्याका अधिष्ठात्री सरस्वतीको आराधनाबाट मानिसमा विद्या बुद्धिको अभिबृद्धि हुने र मानिसले सत्कर्ममा लाग्ने अभिप्रेरणा पाउने हुँदा सरस्वतीको आराधना र पूजापाठ गर्नु अत्यन्त सराहनिय कार्य भएको बताए । उनले डिक्यान परिवारबाट विद्यार्थीहरुको हितमा गरिएको कार्यले सधैं उत्कृष्ट नतिजा पाउन सफल हुने शुभेच्छा प्रकट गरे ।

मानव अधिकार समाजका अध्यक्ष निगम हुमागाईँले राष्ट्र बनाउने जिम्मा युवाहरुको भएको र युवाहरुले अरुको मुख ताकेर बस्ने नभई आफैं कम्मर कसेर लाग्नु पर्ने बताए । देश भनेको आमा हो र आमाको सेवा गर्नु हरेक सन्तानको परम कर्तव्य भएको हुँदा आफ्नै मुलुकभित्र रहेर सेना प्रहरीको रुपमा देशको सेवागर्ने संकल्प गर्नु भएकोमा सबै विद्यार्थीहरुलाई सफलताको शुभकामनाका साथै डिक्यानको सेवाभाव र उत्कृष्ट नतिजाको प्रशंसा गरे ।

त्यस्तै सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक रोहित थापाले सेना प्रहरीमा सेवा गर्नु निकै चुनौतिको विषय भएको भन्दै देशको रक्षा र आन्तरिक सुरक्षाको जिम्मा सेना प्रहरीको भएको हुँदा अन्य सेवाभन्दा यो सेवा भिन्न र साहसिलो व्यक्तिको आवश्यकता पर्ने बताए ।

उनले असल मान्छे हुन असल शिक्षा र ज्ञान आवश्यक पर्नेमा डिक्यानले देशलाई नै ठूलो गुन लगाएको र विद्यार्थीहरुले प्राप्त ज्ञानको उपयोग गरेर सफल हुन सुझाव दिए ।

नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेम सिंह बस्न्यातले देशको लागि लड्ने भनेकै सेना र प्रहरी नै भएकाले. उनीहरु मानसिक र शारीरिक रुपले स्वस्थ तन्दुरुस्त हुनुपर्ने साथै धेरै तीक्ष्ण बुद्धि भएको हुन आवश्यक रहेको बताए ।

उनले पृथ्वीनारायण शाहले २१ वर्षमै शासन सम्हालेका र २१ बर्षकै उमेरमा राज्यबिस्तारको अभियान सञ्चालन गरेको दृष्टान्त भएको हुँदा विद्यार्थीहरु उमेरले परिपक्व भैसकेकाले अब क्षमता प्रदर्शन गर्ने र विजयको शिखर तर्फ अघि बढ्ने समय आएको बताए । उनले डिक्यान क्षमतावान र साहसी युवाहरुको लागि सारथी बनेको बताए ।

प्राध्यापक अमन तामाङ्गले ज्ञानसँगै अनुशासित र लगनशील भएमा मात्र सफलता सुनिश्चित हुने हुँदा सबैले मनन गर्न सुझाव दिए । . कुनै पनि मानिसको चौतर्फी विकास हुन जरुरी छ भन्दै डिक्यान जस्तो संस्थाका अनुभवी र दक्ष प्रशिक्षक तथा व्यवस्थापनको सहयोगमा आफ्नो व्यक्तित्व विकासको अवसर पाउनु अहोभाग्य भएको बताए ।

नेपाली भाषाका गुरु प्रदीप घिमिरेले सरस्वती पूजाको महत्वबारेमा प्रकाश पारेका थिए । विश्वको दोस्रो अग्लो हिमाल माउण्ट के टु को सफल आरोही मिङ्गमा शेर्पाले एकता र निस्वार्थ भाव राखेर अगाडी बढे सफलता अवश्य प्राप्त हुने तथा त्यसका लागि लगन र कडा परिश्रम आवश्यक भएको बताए ।

कार्यक्रमका डिक्यानका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठले असफलताले नै सफलताको शिखरमा पुग्न मद्दत गर्छ भन्दै अविचलित भै कर्ममा लागिरहन आवश्यक रहेको बताए ।

संस्थाले पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्वारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण दिँदै आएको छ ।

विगतमा सुरक्षा निकायका विभिन्न पदहरु सैनिक अधिकृत, इन्स्पेक्टर, अनुसन्धान अधिकृत, असई, सैन्य, जवान लगायत अन्य पदहरुमा हजारौँको संख्यामा युवाहरुलाई सेवा प्रवेश गराउन सफल भइसकेको छ ।

साथै पछिल्लो पटक सैनिक स्टाफ कलेज तयारी कक्षा, स्याट, प्रि–स्याट लगायतका व्यवसायिक कोर्ष पनि गराउँदै आएको छ । पिछडिएको क्षेत्र, महिला, मधेसी, जनजाति, दलित साथै आर्थिक रुपमा विपन्न वर्गहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरि वढी भन्दा वढी युवाहरुलाई प्रशिक्षण गराउँदै आइरहेको छ ।

सुरक्षा निकायमा सेवा प्रवेशको लागि चारवटै सुरक्षा निकायका पूर्वप्रमुखहरु तथा बरिष्ठ अधिकारी समेतको प्रयासमा एउटा सेवामुखी र व्यवसायिक संस्थाको रुपमा डिक्यानको स्थापना गरिएको हो । यहाँ अनुभव प्राप्त नेपाली सेना, प्रहरीका अवकाश प्राप्त उच्च अधिकारीहरु, लगायत अनुभवी विषय विज्ञहरुद्वारा सेवा प्रदान गरिने हुँदा यसले विद्यार्थीहरुमा उच्च मनोबल बनाउँछ । विगतका वर्षहरूमा यहाँ अध्ययन गरि छनौट परीक्षामा सहभागी हुने विद्यार्थीले उच्च स्थान हासिल गर्न सफल भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।