निर्वाचनमा जाने निर्णयले मुलुकमा भ्रष्टाचार र गरीबी बढ्छः नेता पौडेल



विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको झगडाले प्रतिनिधिसभा विघटन गर्नु न्यायसम्मत नभएको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पाँच वर्ष चल्नुपर्ने सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जाने प्रक्रियाले मुलुकमा भ्रष्टाचार र गरीबी बढ्ने बताए ।

न्यायालयले जनताका आवाज सुन्नुपर्ने धारणा राख्दै उनले राजनीतिक दलका नेतालाई स्वार्थभन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने बताए।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा विघटनविरुच संघर्ष गर्नुपर्ने बताए । कांग्रेसका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र डा डिला सङ्ग्रौलाले राजनीति विधि र पद्धतिअनुसार चल्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक