सर्वोच्चले भन्यो- प्रधानमन्त्री र न्यायाधीशबीच भेट भएको भन्ने खबर निराधार



काठमाडौं । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको भनी खेद व्यक्त गरेको छ । केही अनलाइनले शुक्रबार प्रधानमन्त्रीसँग सर्वाेच्च अदालतका केही न्यायाधीशले भेट गरेको भन्ने भावको समाचार प्रस्तुत गरेका थिए ।

अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने तथा सम्पूर्ण प्रेसप्रतिको विश्सनीयतामा आँच आउन सक्ने औँल्याइएको छ ।

त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानून प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ । केही अनलाइनले प्रधानमन्त्रीसँग सर्वोच्चका केही न्यायाधीशले भेट गरेको समाचार प्रकाशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा

प्रशासनद्वारा मोरङमा सभा, सम्मेलन र भेला गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

  गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ