प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना छैनः अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुने सम्भावना नरहेको बताएका छन् । नेकपाको ओली समूहको लुम्विनी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सम्पर्क कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाको पुनःस्थापना नहुने भएकाले निर्धारित समयमा नै निर्वाचन हुने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेको भन्दै निर्वाचनका लागि अर्थ मन्त्रालयले स्रोतको प्रवन्ध गरेको पनि जानकारी दिए ।
उनले सरकार र सुरक्षा निकाय तोकिएकै समयमा निर्वाचन गराउनका लागि केन्द्रित भइसकेको जानकारी दिँदै कार्यकर्तालाई पनि सोही अनुरुप सक्रिय सहभागी हुन आग्रह गरे।

स्थायी कमीटी सदस्य छविलाल विश्वकर्माले हिलोमा नै कमल फूल्न सक्ने भन्दै अहिलेको समयलाई सदुपयोग गर्दै परिस्थितिलाई निखार गर्नुपर्ने बेला आएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका राम्रा काम र प्रयास बारेमा जनतालाई जानकारी दिनुपर्नेमा उनले जोडदिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

म्याग्दी ।  डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको

सर्लाहीमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई घाइते

  बरहथवा (सर्लाही) ।  सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६

झापामा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

  भद्रपुर ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको

गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम भने कायमै

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्प गएको आज ९ वर्ष पूरा