मेलम्चीको काम नसकिँदा उपत्यकामा प्रदूषण नियन्त्रण गर्न सकिएनः मेयर शाक्य



काठमाडौँ । वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापना भएको छ । पुष २१ गते काठमाडौंमा आयोजना गरिएको एक औपचारिक समारोहमा महानगरका मेयर विद्यासुन्दर शाक्य र मेलम्ची नगरका मेयर डम्वरबहादुर अर्यालले सहमति पत्रमा हस्ताक्षर गरे । सहमति पत्रमा हस्ताक्षर गरेपछि घोषणा पत्रमा हस्ताक्षर गरेर अन्तर नगर भगिनी सम्बन्धलाई औपचारिकता दिइएको हो ।

काठमाडौंमा वितरण गरिने खानेपानी मेलम्चीबाट ल्याउने बहुप्रतिक्षित आयोजनाका कारण करीब २० बर्षदेखि काठमाडौंसँग मेलम्चीको नाम जोडिँदै आएको थियो । दुई नगरविच भगिनी सम्बन्ध स्थापना भएपछि अनौपचारिक सम्बन्धले औपचारिकता पाएको छ ।

सहमति पत्रमा हस्ताक्षरपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, खानेपानी आयोजना, पर्या—पर्यटन, कृषि तथा पशुजन्य खाद्य उत्पादनलगायत जनजीविकाका धेरै क्षेत्रमा दुई नगरबीच लामोसमयदेखिको अनौपचारिक सम्बन्धले औपचारिकता पाएसँगै दुवै नगरका जनतामा प्रत्यक्ष लाभ पुग्ने विश्वाश व्यक्त गरे ।

‘अहिले काठमाडौंमा जताततै खनिएका सडकसँग मेलम्ची खानेपानी आयोजनाको नाम जोडिएको छ । यो आयोजना नसकिएकाले सहरमा धुँवा र धुलो नियन्त्रण गर्न सकिएन । त्यसैले काठमाडौंको व्यवस्थापनका लागि खानेपानी आयोजना सम्पन्न गर्ने काममा मेलम्ची नगरको सहयोग प्राप्त हुनेछ ।’ महानगरले स्थापना गरेको देशभित्रका अन्तर नगर भगिनी सम्बन्धका विषयमा कुरा गर्दै उनले भने, ‘काठमाडौं व्यवस्थापनको औपचारिक जिम्मेवारी महानगरको हो । यसमा देशभित्रका अन्य नगरको पनि अनौपचारिक जिम्मेवारी छ । यसकारण काठमाडौंले अन्य नगरको समृद्धिलाई भगिनी सम्बन्धमार्फत सँगै लिएर जान चाहेको हो । महानगरको समृद्धिमा सबै नगरबाट सहयोगको अपेक्षा गरेका छौं ।’

अन्तरनगर आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत नागरिकको आय आर्यजनमा टेवा पुग्ने, जीविकोपार्जन र आपसी हित प्रवद्र्धन हुने, साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुने अपेक्षा रहेको मेयर शाक्यको भनाइ थियो ।
महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रवद्र्धन र पार्क निर्माणका लागि काठमाडौँका १० वटा र मध्यपुर थिमी नगरपालिका प्रत्येकलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । यसैगरी भगिनी सम्बन्ध स्थापना भएका रामग्राम, चन्दननाथ र मेलम्ची नगर प्रत्येकलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर अर्यालले काठमाडौसँग मेलम्चीको सहरीकरण तुलना हुन नसके पनि आपसी सहयोगका क्षेत्रमा सहकार्य गरिने बताए । ‘खानेपानीको योजना त छँदैछ यसबाहेक मेलम्चीबाट बार्षिक रुपमा करीब ५० करोड रुपैयाँको दूध काठमाडौं आउँछ । धान, चामल र तरकारी आउँछ । यसबाट मेलम्चीलाई पनि स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ ।’ मेलम्चीको पानीका सन्दर्भमा कुरा गर्द मेयर अर्यालले भन्नुभयो, ‘आफ्नो ठाउँको पानी काठमाडौं पठाएपछि स्थानीयले सरकारसँग क्षतिपूर्ति र लेवीलगायतका बिषयमा अपेक्षा गरेका छन् । यसमा हामीले सरकारसँग कुरा गरिरहेका छौं । काठमाडौं महानगरले यस मागमाथि सद्भाव राख्ने हाम्रो अपेक्षा छ ।’

मेयर अर्यालले भनाइमाथि थप कुरा राख्दै महानगरका मेयर शाक्यले, खानेपानी व्यवस्थापन बोर्डमा यसका बिषयमा सकारात्मक कुरा उठेको र चाँडै खवर पाउने अवस्था रहेको जानकारी गराए ।

मेलम्चीमा २ हजार ५ सय मिटर उचाइका हिमालदेखि पहाड र तराइ जस्तै समथर भूमाग रहेकोले काठमाडौंबासीका लागि घुम्न जान उपयुक्त गन्तव्य बन्न सक्ने मेयर अर्यालको भनाइ थियो । जर्सिङपौवाको सडक निर्माणको काम सकिएपछि काठमाडौंबाट ९० मिनेटमा मेलम्ची पुगिने बताउँदै उनले काठमाडौंको मानवसृजित र मेलम्चीको प्राकृतिक पर्यटन जोड्न सकिने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता