अनर्गल गाली गलौज एवं झुठा प्रचारमा नलागौंः नारायणकाजी श्रेष्ठ



नारायणकाजी श्रेष्ठ

संविधानको ठाडो उलंघन गरी प्रतिनिधिसभा बिघटन गर्ने प्रतिगामी कदमको बिरुद्ध हामी संविधान ,संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं ।

त्यस प्रकारको असंवैधानिक कदम चालिएको पौष ५ गतेको कालो दिन पछि पौष ७ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) लाई कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने उद्देश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्याईयो ।हामी त्यसप्रकारको बिसर्जनवादी प्रवृत्ति का बिरुद्ध पार्टी तथा नेपाली कम्युनिष्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं । यतिबेला हामी मुख्यतः प्रतिगमन बिरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिरहेका छौं ।

त्यसैले पार्टीका सम्पूर्ण कमरेडहरुलाई उक्त महान् उद्देश्यलाई केन्द्रमा राखी बिचार,सिध्दान्त ,राजनीति ,मूल्य र तथ्यमा आधारित भएर छलफल (बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गाली गलौज एवं झुठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गर्दछु ।

हाम्रा लागि देश ,जनता ,पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई बिकृतीकरण तथा भ्रष्टीकरण बाट बचाउनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा