प्रचण्डलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने नेपाल-प्रचण्ड पक्षको निर्णय
काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले अध्यक्ष प्रचण्डलाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ । बुधबार बसेको पार्टीको संसदीय दलको बैठकमा माधव नेपालले गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
प्रचण्ड-नेपाल पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको थियो । बैठकका नेपालले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए ।