बेलायतबाट नेपाल आगमनमा रोक लगाउने सरकारको निर्णय



काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय
निर्देशक समितिको बैठकले बेलायतमा कोरोना संक्रमण निकै बढेको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो ।

बेलायतबाट यात्रा प्रस्थान गरि नेपाल आउने यात्रु र बेलायतमा ट्रान्जिट भइ नेपाल आउने यात्रुलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

यस्तै निर्देशक समितिले उक्त देशबाट नेपाल आउनका लागि भिषा जारी नगर्ने र नेपालमा प्रवेशाज्ञा रोक लगाउने निर्णय गरेको छ । बैठकले बुधबारसम्म ट्रान्जिटमा रहेका नागरिकलाई नेपाल आएपछि १० दिनसम्म होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको उनले बतए ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।