६५ प्रतिशत केन्द्रीय सदस्य आफूहरुसँग हुनुहुन्छ,बालुवाटार भेला अवैधानिकः प्रचण्ड



काठमाडौँ । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने बताएका छन् ।

आफू पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ६५ प्रतिशत केन्द्रीय सदस्य आफूहरुसँग रहेको भन्दै बालुवाटार भेलाले बैधानिकता नपाउने बताएका हुन् । उनले भने, ‘निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो । बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक छैन ।’ प्रचण्डले पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल आफूहरुको पक्षमा रहेको भन्दै यसको पनि ख्याल राख्नुपर्ने बताए । उनले सचिवालय सदस्यहरु वामदेव गौतम र रामबहादुर थापा पनि आफ्नो पक्षमा आउने बताए ।

’रामबहादुर थापा बादललाई आज बिहान पनि भेटेर कुरा गरेको छु । वामदेवजी र थापजीसँग मेरो भावनात्मक सम्बन्ध छ । यो नै आधिकारिक पार्टी हो । उहाँहरुलाई सगौरव आउन आग्रह गर्छु,’ उनले भने, ’यो हलले वामदेव र बादललाई अगाडि देख्न चाहेको छ ।’ उनले ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको भन्दै अझै पनि संसद विघटन नभएको बताए । यहाँ तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठूलो उपस्थिति रहेको भन्दै उनले यो ती दुई पार्टी मिलेर बनेको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको कसैंलाई भ्रममा नपर्न आग्रह गरे । उनले ओलीको केन्द्रीय समिति विस्तार गर्ने निर्णयमा आपत्ति जनाएका छन् । प्रचण्डले एक तिहाई केन्द्रीय सदस्य भएको वालुवाटार भेलाले झण्डै २ तिहाई सदस्य संख्या कसरी थप्नसक्यो भनि प्रश्न गरेका छन् । ओलीको स्वच्छेचारिता बढेको भन्दै प्रचण्डले सचिवालय बैठकमा छुट्टै लिखित प्रस्ताव प्रस्तुत गरेका थिए । सोही प्रस्ताव प्रस्तुत गरेपछि नेकपामा लिखित रुपमै आरोप प्रत्यारोप चलेको थियो ।

यसअघि आजै बिहान बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।