संसद विघटनविरुद्ध प्रचण्ड र नेपाल पक्षका सांसदहरुद्वारा हस्ताक्षर संकलन



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा नेताहरुले हस्ताक्षर संकलन गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका असन्तुष्ट सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोध भइरहेका बेला प्रचण्ड– नेपाल पक्षका सांसदहरु सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन् ।

नेकपा सांसद पम्फा भूषालले प्रधानमन्त्री ओलीले संविधान विपरीत कार्य गरेकाले त्यसको विरुद्ध हस्ताक्षर संकलन गरिएको जानकारी दिइन् । आइतबार बिहान प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिसलाई दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन