प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिको हातबाट बडा दसैँको टीका ग्रहण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दसैंको टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएका हुन्। त्यसबखत प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दसैंको टीका र जमराको माला ग्रहण गरेकी थिईन्।

प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्री ओलीले आफ्नो निवासमा प्रथम महिला शाक्यलाई मात्र दसैंको टीका लगाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सामूहिक टीकाको कार्यक्रम भने रद्द गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट