हेर्नुस् त टेकुमा पीसीआर परीक्षणका लागि मानिसको भीड
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ । उपत्यका प्रवेशमा खुल्ला गरेपछि काममा लागि राजधानी आउने सर्वसाधारणको संख्या बढेको र उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या बढेको हो ।
कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको छैन । जसका कारण अस्पतालबाहिरैबाट कोरोना संक्रमणको जोखिम बढेको छ । परीक्षणका लागि गेट बाहिर दिनहँु लामो लाइन र भीड हुने गरेको अस्पतालले जनाएको छ ।
परीक्षण गर्न पुगेका मध्ये केहीले नजिकैको व्यक्तिमा कोरोना देखिएकाले जाँच गराउन आएको बताएका छन् भने केहीले भने घरपेटीले कोरोना रिपोर्ट मागेकाले परीक्षण गर्न आएको बताएका छन् । उक्तमा अस्पतालमा हालसम्म करिव २९ हजारको कोरोना परीक्षण गरिएको छ ।