पीसीआर परीक्षणको शुल्क घट्यो, अब दुई हजार रुपैयाँमा हुने
काठमाडौं । सरकारले नेपालभर कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने जानकारी दिए ।
रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको उनले बताए । यस अघि सरकारले शुरुमा पीसीआर परिक्षको शुल्क ५,५०० रुपैयाँ तोकेको थियो भने त्यसपछि घटाएर ४ हजार रुपैयाँ बनाएको थियो ।
त्यस्तै बंगलादेशबाट आएको रेम्ड़ेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार रेम्ड़ेसिभिर प्रयोग गर्न सुचिकृत बाहेकका अस्पतालहरुमा विरामीको चाप हेरेर वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदले मन्त्रालयमा पेश गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिए ।
हालै ५ हजार भाइल रेम्ड़ेसिभिर प्राप्त गरेको उनले बताए । त्यस्तै प्रवक्ता गौतमले एम्वुलेम्सलाई बिरामी बोक्ने बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा दर्ता खारेज गरिने निर्णय भएको जानकारी दिए ।