दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको प्रधानसेनापति थापाको दाबी



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गरेका छन् । दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा बुधबार आयोजित वरिष्ठ सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा प्रधानसेनापति थापाले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे ।

शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनु पर्नेमा जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको उल्लेख गरे । राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको रसदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

देशको इतिहास लेख्न हिँडेको मान्छेलाई पत्रिकाको हेडलाइनको मतलब छैनः गृहमन्त्री

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न