कोरोना संक्रमणबाट एकै दिन चार जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ । पछिल्ला दिनमा दैनिक तीन चार जनाको ज्यान गएका समाचार सार्वजनिक हुन थालेका छन् । कोरोना संक्रमणबाट मंगलबार कास्की, तनहुँ, काभ्रे र नवलपरासीमा गरी एकैदिन चार जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षका कोरोना संक्रमित पुरुषको मंगलबा बिहान मृत्यु भएको छ ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नम्बर एककी ५० वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट सोमबार राति मृत्यु भएको छ । कास्की सेवा अस्पतालमा हेपाटाईटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या लगायतको समस्या सहित उपचारका लागि भर्ना भएकी ती सोमबार राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत काभ्रेको धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ । साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । उनमा कोरोना पोजेटिभ देखिए लगत्तै उनीसँगै बस्ने बुहारी र छोरामासमेत कोरोना पुष्टि भएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको पनि मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या सात पुग्यो 

कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री