देशभरका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने श्यया सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध गरिएको जानकारी दिए ।

शुक्रबार पनि सबै निजी अस्पताललाई सङ्क्रमित राख्नका लागि २० प्रतिशत श्यया छुट्याउन अनुरोध गरेको थियो । यसैगरी मन्त्रालयले सभा, सेमिनार, आवासीय कार्यक्रम, गोष्ठी नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा गौतमले अर्को सूचना नभएसम्म र मन्त्रालयको पूर्व स्वीकृत नलिइ कुनै पनि सभा÷गोष्ठी नगर्न अनुरोध गरिएको बताए ।

मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्नसमेत अनुरोध गरेको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी सङ्क्रमित भएका भन्दै उनीहरुको सेवाको उच्च मूल्याङ्कन गर्नुको साटो दुव्र्यवहार भएका घटना सार्वजनिक भएकोप्रति आपत्ति जनाउँदै दुव्र्यवहार नगर्न अनुरोध गरिएको हो । प्रवक्ता गौतमले दुव्र्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही गरिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा