सिन्धुपाल्चोक, कालिकोट र मकवानपुरमा पहिरोमा परी एकैदिन १७ जनाको मृत्यु, २८ बेपत्ता



काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा मात्रै पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए ।

बेपत्ता भएकाको खोजी जारी छ । स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिरोबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन । पाँच घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको छ ।यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पुर्याइएको छ ।

त्यस्तै कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरोमा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।

त्यसैगरी मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृत्यु भएको छ । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ । यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण