कपिलवस्तुमा कृषकहरुलाई दुध बोक्ने क्यान बितरण



कपिलवस्तुको शिवराज नगरपालिकाले नगरका ६५ जना पशुपालक कृषकलाई दुध बोक्ने क्यान बितरण गरेको छ । पशु शाखा प्रङगणमा भएको कार्यक्रममा कृषकहरुलाई क्यान बितरण गरिएको हो ।

कृषकलाई पशुपालनमा अभिप्रेरित गर्नको लागि नगरपालिकाले क्यान बितरण गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । व्यावसायिक रुपमा पशुपालन गरेका कृषकलाई हौसला स्वरुपमा क्यान बितरण गरेको भन्दै अधिकारीले दुध विक्रिवाट राम्रो आम्दानी हुन्छ,नगरपालिका किसानहरु नजिक भएर काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ,

नगरका पशुपालक कृषकहरुलाई दुध बजार सम्म पुरयाउन सहज हास भन्ने उद्देश्यले निशुल्क क्यान वितरण गरेको पशु शाखाका राम प्रसाद अधिकारीले बताउनुभयो ।

बिनियोजन गरेको रु १ लाख ५० हजार रकममा उक्त क्यान खरिद गरि वितरण गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविसँग एक करोड धरौटी माग

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौं ।  राष्ट्रिय सभाका सांसदहरूले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे एडभाइजरी’ जारी

काठमाडौं ।  सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एड्भाइजरी’ जारी

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको