भोक लाग्यो सरकार, काम गरी खान देउ



काठमाडौं । ट्याक्सी चलाउन पाउनुपर्ने माग गर्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी व्यवसायीहरु ट्याक्सी सञ्चालन गर्न दिन माग गर्दै ट्याक्सी लिएर सडक आन्दोलनमा उत्रिएका हुन् । आफूहरुको मागको सम्बधोन नभएकाले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई असार १५ गते सम्म आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले बेवास्ता गरेपछि विरोध स्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभाग मार्फत सरकारलाई बुझाइएको जानकारी दिएका छन् ।

ट्याक्सी संचालन गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले यातायात व्यवस्था विभाग मार्फत सरकारलाई चाबी बुझाइएको व्यवसायीले बताएका छन् । सरकारले आफूहरुको माग सम्बोधन नगरे उपत्यकामा भएका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने चेतावनी समेत उनीहरुले दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस