प्रदर्शनमा उत्रिएका तीन सय ट्याक्सी प्रहरी नियन्त्रणमा



काठमाडौं । लामोसमयको लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा उत्रिएका ट्याक्सी ठाउँठाउँमा प्रहरीको नियन्त्रणमा परेका छन् । उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको छ । ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’ जस्ता नारा लेखिएको प्लेडकार्ड र प्रर्चासहित उनीहरु प्रदर्शनमा उत्रिएका छन् ।

महाशाखाले नियन्त्रणमा लिएका ट्याक्सीहरु साँझमा छाडिने बताएको छ । एक ट्याक्सी व्यवसायीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

  मलेखु (धादिङ) । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको

वीरगञ्जको अलौमा भीषण आगलागी, सात घर जलेर नष्ट, ५४ लाख बराबरको क्षति

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा मंगलबार बिहान आगलागी हुँदा सातवटा घर जलेका