नेपाल-चीन सीमा विवादको तथाकथित प्रतिवेदन बनाउनेलाई कारबाहीको दायरामा ल्याउँछौंः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने फेक न्यूज उत्पादन गर्ने कारखानाको खोजी भइरहेको बताएका छन् । सोमबारको राष्ट्रियसभामा बैठकमा मन्त्री ज्ञवालीले त्यो प्रतिवेदन कसले कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।

उनले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारवाहीको दायरामा ल्याइनेसमेत बताए । भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशिय सीमा स्तम्भ कायम नभएको बाहेक चीन सँगै कुनै ठाउँमा पनि सीमा समस्या नभएको उनले बाए । ज्ञवालीले भने, ‘दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी कुन कारखानाबाट आए, कसरी सर्कुलेट भए भन्ने विषयमा खोजी गरिरहेका छौं । त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’

मन्त्री ज्ञवालीले गोरखाका रुई गाउँमा चीनले अतिक्रमण गरेको भन्ने विषय सही नभएको बताए । उनले दुई देशको सीमाकंन हुनुभन्दा अघिनै स्वेच्छाले रुई गाउँका बासिन्दा चीनतिर गएको बताए ।

उनले सीमा स्तम्भ निर्माण गरेपछि त्यहाँका १ सय १० घर परिवारमध्ये ६० परिवारले चीनतर्फ र ४० परिवार नेपालको सामागाउँ तिर रोजेका बताए । उनले भारतसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै वार्ताका लागि आफूहरु उपयुक्त समयको पर्खाइमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा