‘मदन भण्डारीको नेकपामा–पहिलो जनता, आजको नेकपामा–पहिलो म’



काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा नेकपाका नेता प्रदीप नेपालले सामाजिक संजाल फेसबुकमार्फत पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कडा आक्षेप लगाएका छन् ।

नेता नेपालले मदन भण्डारीको नेकपामा पहिलो पहिलो जनता, दोश्रो सिद्धान्त , तेश्रो म थियो तर आजको नेकपा पहिलो म, दोश्रो मेरा मान्छे, तेश्रो जनता भएको उल्लेख गरेका छन् ।

पार्टीभित्र म, आफन्तवाद हावी भएको भन्दै नेपालले असन्तुष्टि जनाएका हुन् । उनले पार्टीमा अब सिद्धान्त नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले लेखेका छन्, ‘मदन भण्डारीको नेकपा–पहिलो जनता, दोश्रो सिद्धान्त , तेश्रो म । आजको नेकपा– पहिलो म, दोश्रो मेरा मान्छे, तेश्रो जनता ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई