काठमाडौं प्रवेशमा रोक लगाएको विरोधमा कांग्रेसद्वारा प्रदेश एकको संसद बैठक अवरुद्ध



विराटनगर । नेपाली कांग्रेसले प्रदेश एकको संसद बैठक अवरुद्ध गरेको छ । काठमाडौबाट बाहिर बस्ने नागरिकलाई काठमाडौं प्रवेशमा गरिँदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसँग आफ्ना भनाइ राख्न नसकेकोलगायत विषय उठाउँदै सोमबार प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो ।

संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांग्रेसका माग सदनमा प्रस्तुत गरेका छन् । काठमाडौं जान पर्दा नाकाबाट मानिसलाई फर्काइँदा समेत प्रदेश सरकार बोल्न नसकेको भन्दै कार्कीले आपत्ति जनाए ।

उनले अब काठमाडौंबासीलाई नाकाबन्दी गर्नुपर्ने बताए । त्यस्तै उनले प्रदेश सरकारले यसबारे जानकारी दिनुपर्ने भन्दै सरकारले पीसीआर टेस्टमा भएको खर्च सदनमा जानकारी गराउनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।