कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै कांगेसले संसदमा गरायो ध्यानाकर्षण प्रस्ताव दर्ता



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सरकार संवेदनशील नभएको भन्दै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ। कोरोना नियन्त्रणमा सरकारमाथि दबाब बढाउँदै लगेको कांग्रेस देश तथा विदेशबाट एकैसाथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको भोलिपल्टै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको हो।

प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्प भुसाल र सांसद गगन थापाले संसदमा ध्यानाकर्षण पत्र दर्ता गराएका हुन्। ध्यानाकर्षण पत्रमा सरकारले संवेदनशील नभएकाले संसदले चासो राख्नुपर्ने उल्लेख गरिएको छ।

कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको उपयुक्त व्यवस्थापन गर्न, अस्पताल केन्द्रित तयार गर्न र विदेशबाट आउनेहरुको उचित व्यवस्थापन गर्न समयमै सुझाव दिएपनि सरकारले नसुनेको उनीहरुको भनाइ छ। ‘गर्नुपर्ने काम नगर्ने, तर भ्रष्टाचार तथा अनियमितताका एकपछि अर्को प्रकरण सार्वजनिक हुनुले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले