पर्वतमा पहिरोले पुरिएर तीन जनाको मृत्यु, ६ बेपत्ता



पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा गएराती गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता छन् । शनिबार रातिको भीषण वर्षा सहित खसेको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो ।

कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार राती दुई बजेसम्म तुलबहादुर थापा, उनकी श्रीमती नीलकुमारी थापा र छोरीतर्फकी नातिनी १० वर्षीय विविशा थापाको शव भेटिएको छ । राती पनि वर्षा भएको र अँध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको उनले जानकारी दिए ।

स्थानीयका अनुसार दुई घरमा रहेका तुलबहादुरका छोरा, दुई नाति र कमला विकको घरका उनी सहित तीन जना वेपत्ता रहेकाले खोजी कार्य जारी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका