वार्तामा बस्नुको साटो बाटो उद्घाटन गरेर हामी नेपालीलाई एक हुन चुनौति दिएकोमा भारतलाई धन्यवादः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकलार्ई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसबाट आफूलाई गर्व लागेको बताएका हुन् । यो राष्ट्रिय एकताका लागि सबै दल तथा राजनीतिक दललाई धन्यवाद दिएका छन् ।

उनले आगामी दिनमा पनि राष्ट्रिय एकता आवश्यक भएको बताए । उनले आफूहरुलाई लोकतन्त्र स्थापना गर्नु चुनौति रहेको र राणाशासनदेखि अहिलेसम्मका संघर्षका कारण विजयप्राप्त गरी यहाँसम्म आइपुगेको बताए । उनले यो विषय नेपालको राष्ट्रिय एकतालाई सुदृढ गर्ने र भौगोलिक अखण्डता सृदृढ गर्ने समय भएको बताए । उनले यसमा व्यक्ति विशेषलाई जस दिनेभन्दा पनि दल तथा नेपाली जनता सबैको भएको बताए । उनले यस्तो राष्ट्रिय विषयमा राष्ट्रिय समझदारी बनाउन सकेकोमा सरकारलाई धन्यवाद दिए । उनले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि आफूले प्रधानमन्त्रीलाई सबै दलसँग समझदारी गर्न विशेष सुझाव दिएको बताए ।

उनले भने, ‘म त्यही सुझाव राख्न आएको तर प्रधानमन्त्रीले म पनि सर्वदलीय बैठक राख्न लागेको भन्नुभयो । यसपछि मैले राष्ट्रियताको मुद्दामा सबैको मन एउटै रहेको थाहा पाएँ ।’ विगतमा पनि २०६२,६३ पछि भूमिका बारेमा विभिन्न समयमा भारतलाई जानकारी गराएको उनले बताए । उनले यो सबैको प्रतिफलकै कारण आफूहरु यहाँसम्म आइपुगेको बताए । उनले अब भारतसँग नयाँ शिरबाट वार्ता र संवादबाट समस्याको समाधान गर्ने बताए । कालापानी र सुस्ता भारतले पनि विवादित क्षेत्र भएको स्वीकार गरेको भन्दै उनले यो समस्या वार्ताबाटै समाधान हुने बताए ।

उनले काश्मीर मुद्दामा नयाँ नक्सा जारी गर्नु नेपाललाई जिस्क्याउन नभएको हो कि भन्ने लागेको बताए । तर प्रचण्डले त्यसका बारेमा भारतले सल्लाह गरी भारतले नक्सा निकालेको भए राम्रो हुने बताए । नेपालले विवादित क्षेत्रको सीमा समस्या समाधान गर्न विगतमा पनि आग्रह गरेको भन्दै प्रचण्डले सबै समस्या समाधान गरौं भनेर भनेको तर भारतले एकलौटी नक्सा निकालेकाले नेपालले बाध्य भएर नक्सा सार्वजनिक गर्नुपरेको बताए ।

उनले गत माघमा पार्टीको बैठकमा नेपालले नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गरेको बताए । उनले भने, नक्साको कुरा अहिले मात्र उठ्यो भन्ने कुरा होइन, भारतले नक्सा जारी गरेपछि ऐतिहासिक भूमि समेटेर जारी गरौं भनेर भन्यौं।’

उनले भारतलाई वार्ताका लागि पटक पटक आग्रह गरेपनि वार्तामा बस्नुको सट्टा लकडाउनको समयमा नेपालको भूमि हुँदै निर्माण गरिएको सडक उद्घाटन गर्दा आम नेपाली तरंगित भएको बताए । अध्यक्ष प्रचण्डले वार्तामा बस्नुको साटो बाटो उद्घाटन गरेर हामी नेपालीलाई एक हुन चुनौति दिएकोमा भारतलाई धन्यवाद दिए ।

उनले आफूहरुले भारतलाई संविधान संशोधन गरेर भारतलाई चुनौति नदिएको बरु वार्ताबाट सधैंका लागि समस्या समाधान गर्न चाहेको बताए । उनले भारतलाई आफूहरुले मित्रता चाहेको र नेपाललाई समृद्धिको दिशामा लैजान चाहेकाले अन्यथा सोच्न नहुने बताए । प्रचण्डले यसको उद्देश्य भारतसँग दूरी बढाउनका लागि नभई समस्या समाधानका लागि घच्घचाउनु भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको