एमसीसी खारेज गर्न गणतान्त्रिक मोर्चाको माग



काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेज नभएसम्म संघर्ष जारी राख्ने जनाएको छ । एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग राख्दै शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्दै मोर्चाले संघर्षलाई निरन्तरता दिने जनाएको हो । मोर्चाले सम्झौता मुलुकको राष्ट्रियता र अखण्डताको हित विपरित रहेको भन्दै एमसीसी खारेज गनुपर्नेसहितका प्लेकार्डसहित बिरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा मोर्चाका अध्यक्ष सी.पी. गजुरेलले मुलुक बचाउन क्रान्तिकारी शक्ति एक हुनुपर्ने बेला आएको बताए । प्रदर्शनमा सहभागी भएकाहरुले एमसीसी खारेज गर्न माग गर्दै चर्का नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै सरकार बिरोधी नारा लगाएका थिए । एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकमा विरोध चर्किरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी पहिरो पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन राष्ट्रपतिको आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धान बाली र विविध भौतिक

वर्षाले चितवनको ३० प्रतिशत धानबालीमा क्षति

चितवन । धान भित्राउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो, पाँचथरमा मात्रै २७ जनाको मृत्यु

काठमाडौं । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न