विदेशबाट नेपालीको उद्धार गर्दा पनि सरकारनै खाने दोब्बर बढी कमिशन !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसद बैठकमा सम्बोधन गर्दै कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचारको आशंका नगर्न आग्रह गरे । उनले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शंकाको दृष्टिले नहेर्न आग्रह गरे ।

उनले यतिमात्र होइन विश्वासबाट काम थालेको र असाधारण ढंगले काम भईरहेकाले उहाँहरुको भावनामा ठेस पुग्ने शब्दाबली प्रयोग नगर्न पनि आग्रह गरे । उनले भने,‘ केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । दिनैपिच्छे लेखापरीक्षण हुँदैन । कामका बेला लेखापरीक्षण तर्फ केन्द्रित पनि भएका छैनौं । यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नुपर्ने पनि छैन । यस्तो परिस्थितिमा तिनीहरु भ्रष्टाचार गर्नै पर्खिबसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन ।’ ओलीले संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारे कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउदै अरुलाई लाञ्छना लगाउने र सधै अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न आग्रह गरे ।

ओलीले सम्बोधनका क्रममा सबैचीज भने । डाक्टर, अख्तियार, जनस्वास्थ्य विज्ञ सबै आफैं भए । गगन थापाले प्रधानमन्त्रीलाई प्रश्न गरे,‘प्रधानमन्त्रीज्यू कसले भनेको नेपालीको रोग प्रतिरक्षा शक्ति बढी छ रोग लाग्दैन भनेर, त्यतिकै भन्ने ?’ त्यसको उत्तर दिने क्रममा प्रधानमन्त्रीले भने, ‘सुन्नु भएन अहिले मैले भनेको।’प्रधानमन्त्रीको जवाफले प्रतिपक्षी मात्र होइन उनकै पार्टीका सांसद र टेलिभिजन हेरेर बसेका उनकै कार्यकर्ता पनि लज्जित भए होलान् । सरकार आफैं कमिसन खाँदै जाने भ्रष्टाचार गर्ने, भ्रष्टाचारमा संलग्न पार्टीका नेतालाई जोगाउँदै जाने अनि प्रधानमन्त्री भ्रष्टाचारीको मुख हेर्दिन भन्ने तर तिनै भ्रष्टाचारमा संलग्नलाई आफ्नै घर रुँघ्न लगाउने गर्दै आएका छन् ।

कोरोना कहरका बेला विदेशबाट आउने नेपालीको खर्च सरकारले व्यहोर्नु पर्नेमा उल्टै सरकारनै कमिसन खान लागेको विषय सार्वजनिक भएको छ । चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासो बढेपछि सरकारले छानबिन समिति गठन गरेको छ । हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा यात्रुबाट अस्वभाविक रुपमा बढी रकम लिईएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन समितिलाइ जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट भाडा लिएको हो छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

सरकार कमिसन खाने बरु दूतावास सहुलियतमा नेपालीलाई घर पठाउने गरेको एउटा विषय सार्वजनिक भएको छ । कोरोना महामारीका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा महंगो भएको भन्दै ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ । सरकारले ओमनबाट फर्किने नेपालीका लागि ६१ हजार दुई सय रुपैयाँ(५१० अमेरिकी डलर) भाडा निर्धारण गरेकोमा दूताबासले ११५ ओमानी रियल(३६ हजार २१० नेपाली रुपैयाँ) मा नेपाल पठाउने भएको हो ।

८० दिन लकडाउन गरेर मुलुक आर्थिक रुपमा जर्जर भइसक्यो । अझै कतिदिन यस्तो हुने हो ठेगान छैन । कोरोना महामारीमा सरकार असफल भइसक्यो तर दश अर्ब खर्च भयो भनेर भन्न थालेको छ । तर खर्च बढी काम कम । त्यही भएर काठमाडौं, पोखरा, बारा, विराटनगर, बुटवल लगायतका सहरी क्षेत्रमा त्यसको विरोधमा विशाल प्रदर्शन सुरु भएका छन् ।

सरकारप्रति जनताको विश्वास गुमिसकेको छ । तर प्रधानमन्त्री डाक्टर, इन्जिनियर, अख्तियार, न्यायाधीश आफैं बन्दै हिंडेका छन् । ओम्नी समूह, यति समूह, गोकुल बास्कोटा काण्ड, बालुवाटार काण्ड काण्डैकाण्डले सरकार बदनाम भइसकेको छ । अहिले विदेशबाट नेपाली ल्याउँदा कमिशन काण्ड त्यो पनि दोब्बर बढी भाडा लिएर । सरकारको अझ प्रधानमन्त्रीको यही पाराका कारण कोरोना महामारीका बेला देशभर स्वस्फूर्त रुपमा सरकारविरुद्ध विशाल प्रदर्शन सुरु भएका हुन् । के गगन थापालाई उत्तर दिए जसरी यसरी नै जवाफ दिने हो भने यो आन्दोलन चुप लाग्ला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने