हामीले राखेको वार्ता प्रस्तावलाई भारतले वेवास्ता गर्दा अचम्मित छौंः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमि फिर्ता भएपछि मात्रै त्यस क्षेत्रमा प्रशासनिक, सुरक्षा र विकास सम्बन्धी काम अगाडि बढाइने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले भूमि फिर्ता भएपछि मात्रै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा प्रशासनिक, सुरक्षा र विकास सम्बन्धी काम अगाडि बढाइने बताएका हुन् ।

मन्त्री ज्ञवालीले भारतसाँग वार्ताका लागि सरकारले ताकेता गरिरहेको जानकारी दिए । चीनसँग वार्ता गरेको भारतले नेपालसँग वार्ताका लागि चासो नदेखाएकोमा आफूहरु अचम्मित भएको बताए । उनले भने, दुई देशका सेनाबीच धकेलाधकेलको स्थितिलाई समान्यीकरण गर्दै वार्ता भएको छ । तर वार्ताको लागि ताकेता गर्ने हामीहरुको प्रस्तावलाई वेवास्ता गरिएको छ । मलाई विश्वास छ वार्ता हुन्छ हामी आशावादी छौं ।’

उनले नेपालले अतिरिक्त भौगोलिक आकांक्षा पालेको नभई सुगौली सन्धीको सीमा भित्रको भूभागमा मात्रै हक खोजेको स्पस्ट पारे । उनले नेपाल–भारत सीमामा रहेका स्तम्भको पुनस्र्थापना, निर्माण र मर्मत गर्ने काम भइराखेको जानकारी दिए ।

अमेरिकी परियोजना एमसीसीका सम्बन्धमा नेपालमा केही मानिसहरुलाई मनको बाघले खाइरहेको उनले टिप्पणी गरे । उनले नेपाल कुनैपनि सैन्य रणनीतिमा साझेदार नहुने गरी सबै मित्रराष्ट्रसँग विकास साझेदारीलाई अगाडि बढाइने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर