संसदमा आजदेखि संविधान संशोधन विधेयकमाथि छलफल हुने



काठमाडौं । प्रतिनिधिसभामा आजदेखि संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ । आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ । सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयकलाई अगाडी बढाउन लागिएको हो ।

संघीय संसद सचिवालयले गत जेठ १९ गते राजपत्र र २० गते सर्वसाधारणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो । उक्त सात दिन सोमबार पूरा भएसँगै सरकारले संशोधन विधेयक अघि बढाउन चाहेको हो । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते अद्यावधिक गरेको थियो ।

निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको हो । विधेयक जेठ १९ गते सदनमा प्रस्तुत भएको थियो । आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाथीभरामा एकैदिन ६ हजार भन्दाबढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकैदिन ६ हजार चार सय

अर्घाखाँचीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा भीषण आगलागीका

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण