सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा रुकुम घटना छानबिन गर्न समिति गठन



काठमाडौं । रुकुम चौरजहारी घटनाको छानविन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानविन समिति गठन गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नी सापकोटाले सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष छानविन समिति गठन गरिएको जानकारी दिएका हुन् ।

समितिका सदस्यहरुमा सांसदहरु एकबाल मिया, दुर्गा पौडेल, पार्वती कुमारी बिशंखे, प्रकाश रसाइली, बिमला बिक, महेश्वरजंग गहजराज, मीनबहादुर बिश्वकर्मा र रामसहाय प्रसाद यादव छन् ।

समितिलाई ३० दिनको समयावधी दिइएको छ । यसअघि बैठकमा सांसदहरुले उक्त घटनाको छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए । गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए ।

त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो । घटनामा संलग्नता भएको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन