एमसीसीबारे छलफल गर्न सोमबार नेकपाको सचिवालय बैठक बस्ने



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सचिवालय बैठक बोलाएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न नेकपाले सोमबार सचिवालय बैठक बोलाएको हो । बैठक सोमबार ४ बजेलाई बोलाइएको छ । पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।

एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो । बैठकमा एमसीसी पास गर्ने नगर्ने जिम्मा संसदको भएको भन्दै संसदबाट पास नभएसम्मका लागि बजेटमा राखिएको कार्यक्रम यथास्थितिमा रहने सहमति भएको बताइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् भने सचिवालयका बहुमत सदस्य भने सम्झौता परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्ने पक्षमा छन् । एमसीसी संसदबाट अनुमोदन गर्न लागिएको भन्दै दैनिकजसो काठमाडौंमा त्यसको विरोधमा प्रदर्शन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे