नागरिक उड्डयन प्राधिकरणद्वारा चार्टर उडानमा रोक



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको हो ।

प्राधिकरणको एयर ट्रान्सपोर्टेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार सूचना जारी गरी ट्राभल एजेन्सी र एयरलायन्सलाई चार्टरका लागि बुकिङ नगर्न भनेका हुन् । सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै चार्टर हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

देशको इतिहास लेख्न हिँडेको मान्छेलाई पत्रिकाको हेडलाइनको मतलब छैनः गृहमन्त्री

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न