फेरि अर्को एक जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि



काठमाडौं । जेठ २० गते मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जगदुल्ला गाउँपालिका–३, का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका ती पुरुषलाई घरमै राखिएको थियो । लामो समयदेखि दमका रोगी उनी सुर्खेतबाट डोल्पा फर्कने क्रममा बाटोमै मौरे भन्ने ठाउँमा गम्भीर बिरामी परेका थिए ।

१८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो । मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा