कोरोना संक्रमणको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई कारवाही गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । कोरोना संक्रमणको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देशका बिभिन्न स्थानमा ठूलो मात्रामा कृषिजन्यबस्तु नष्ट गरिएको भन्दै तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले कोरोनाबाट समस्यामा परेका किसानलाई आवश्यक राहत तथा क्षतिपूर्ति दिन निर्देशन दिएको छ भने वास्तवितक कृषकलाई उत्पालनका आधारमा सरल ढंगले अनुदान उपलव्ध गराई कृषकहरुलाई बिउ तथा मल र नविनतम प्रविधी समयमा नै उपलव्ध गराउने र कृषकको लागतको आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरि बजारीकरण गर्ने व्यवस्था गर्न पनि सरकारलाई दिर्नेशन दिएको छ ।

बैठकले कोरोनाका कारण समस्यामा परेका पोल्ट्री किसानहरुलाई सामान अभावका बहानामा गुणस्तरहीन सामान बेचेको देखिएको भन्दै कुखुरापालक किसानलाई गुणस्तरीय दाना उपलव्ध गराउन दाना उद्योगीलाई आग्रहका साथै गुणस्तरको अनुगमन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिइन् ।

बैठकमा कृषिमन्त्री घनश्याम भूषालले किसानलाई राहत दिने गरि एक्सन प्लान बनिरहेको जानकारी दिए । उनले किसानलाई मल उपलब्ध गराउने, बजारीकरण गर्ने लगायतमा सरकार केन्द्रित रहेको भन्दै निराशा हुनुपर्ने अवस्था नरहेको तर्क गरे । त्यस्तै गृहमन्त्री रामबहादुर थापाले तरकारी र फलफूलको ओसारपसारमा अवरोध नहुने भन्दै अवरोध गर्नेलाई कारवाही गरिने बताए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक खाद्य बस्तुको निर्यातमा कुनै अवरोध नहुने बताए । उनले आधारभूत खाद्य बस्तुको ढुवानी र आपूर्ति रोक्नेलाई कारवाही गर्ने उल्लेख गरे । समिति बैठकले लकडाउनको बेला खाद्यबस्तुमा हुने गरेको मिसावट रोक्न र निरन्तर अनुगमन गर्न उद्योग मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक