कोरोना नियन्त्रण तथा रोकथामका लागि केन्द्र सरकारबाट ६ अर्ब ३ करोड रुपैयाँ खर्च



काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्व ८७ करोड रुपैया खर्च भएको सरकारले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना महामारी लगतै चीनबाट नेपाली विद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगायतमा उक्त रकम खर्च भएको जनाएको हो ।

जसमध्ये केन्द्र तहबाट ६ अर्व ३ करोड, प्रदेश तहबाट १ अर्व ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्व ७६ करोड खर्च भएको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । कोरोना उपचार तथा नियन्त्रण कोषको कामका बारेमा पनि छलफल भएको बिडारीले बताए ।

कोषमा भएका रकम कोरोना नियन्त्रण तथा रोकथाम, क्वारेन्टाइन तथा राहतका लागि पनि प्रयोग गरिने उनले जानकारी दिए । बुधबार स्वास्थ्य क्षेत्रका बिज्ञहरुसंग छलफल गरेको उनले बताए । बिज्ञहरुको सुझावमा तह तह गरेर लकडाउन खुकुलो पारेर लैजाने सुझाव आएको बिडारीले बताए । बिहीबार पनि सरोकारवाला निकायसंग छलफल गर्ने र बन्दाबन्दीको नयाँ मोडालिटिको खाका तयार हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४