विदेशबाट नेपालीको उद्दारका लागि आठ वटा विमान तयारी अवस्थामा



काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भारतीय सीमाबाट नेपाल भित्रेर क्वारेन्टाइनमा बसेका नेपालीहरुको दुई साताभित्र पीसीआर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समिति बैठकले नेपाल भित्रिएको लामो समयसमम्म पनि पीसिआर जाँच नभएको गुनासो आएको भन्दै नेपााल आएको दुई साताभित्र पीसीआर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले विदेशबाट आउने शसक्त, महिला, गर्भवती महिला, जेष्ठ नागरिक लगाएतको पनि निःशूल्क स्वास्थ परिक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले बिभिन्न देशबाट नेपाल फर्कने र नेपालभित्र रहेका श्रमिकहरुको लागि रोजगारीको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

नेपाल आउनैपर्ने अवस्थामा नेपाल ल्याउने सरकारको निर्णयलाई स्वागत गर्दै कोरोना नियन्त्रणका लागि शसक्त रुपमा अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बिदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याइ व्यवस्थापन गर्ने बिषयमा तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमान तयारी अवस्थामा रहेका भन्दै आवश्यक परे अन्य नीजि क्षेत्रका बिमानबाट पनि बिदेशमा रहेका नेपालीलाई उद्धार गरिने बताए ।
समिति सदस्यहरुले बिदेशमा समस्यामा रहेका नेपाल ल्याएपछि सुरक्षित स्थानमा राख्नुपर्ने बताएका थिए । उनीहरुले चौरमा क्वारेन्टाइन बनाउन नहुने सुझाव दिएका थिए ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले केहिदिनभित्रै खाडी मुलुकबाट आउने श्रमिहरुको आधिकारिक तथ्याङ्क आउने जानकारी दिए । अन्य देशको तथ्याङ् आउन भने केही दिन लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य