डिन नियुक्तिको माग कदापी स्वीकार्य हुन सक्दैनः थापा



काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता विजय थापाले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई अरुको लहैलहैमा आइओएमको डिन नियुक्तको मागलाई लिएर अनसन नबस्न आग्रह गरेका छन् ।

सोमबार डा. केसीलाई पत्र लेख्दै थापाले लिपुलेक, लिम्पियाधुरा कालापानीलगायतका अतिक्रमित भूमि फिर्ताको माग गर्दै बस्ने अनसनमा आफ्नो समर्थन रहेपनि अरुले उचाले र डिन नियुक्तिको मागमा अनसन बस्ने कार्यमा भने सहमति जनाउन नसकिने बताएका हुन् । उनले डिन नियुक्ति डा. केसीको नभई दलालहरुको भएको भन्दै उनीहरुको माग लिएर अनसन नबस्न आग्रह गरेका छन् ।
यस्तो छ थापाले डा. केसीलाई लेखेको पत्र
आदरणीय डाक्टर गोविन्द केसी बा
नमस्कार ।
आज मिति २०७७/२/१९ गते!सम्भवत आज तपाईं २० गते भोलिबाट दार्चुलामा बस्ने भनिएको अठारौ आमरण अनशन को तयारीमा जुट्दै हुनुहुन्छ होला भन्ने लागेको छ।मेरो हृदय बाट तपाईं लाई शुभकामना।तपाईंको स्वास्थ सदैव स्वस्थ रहोस् भन्ने कामना गर्दै भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछु।

गोविन्द बा अहिले तपाईं १८ औं अनशन को तयारीमा जुट्दै गर्दा तपाईंलाई एउटा पत्र लेख्नै पर्छ भन्ने लागेर नै यो पत्र लेखेको हु।हातहातमा मोबाइल को यो युगमा चिठीपत्र किन?भन्ने पनि लाग्न सक्छ।मेरो चिठीपत्र रहर हैन बाध्यता बनेको छ।किनकि मलाई थाहा छ मेरो फोन नम्बर बाट गएको कल तपाईंको मोबाइल बाट उठ्ने छैन।उठे पनि तपाई लाई बोल्न दिने छैनन् । गोबिन्द बा हिजो तपाईं आमरण अनशनमा बस्दै गर्दा I m with dr kc लेखिएको प्लेकार्ड छातीमा टासेर बानेश्वरमा प्रहरीको लाठीजुत्ता खाने बिजय थापालाई आज अपराधी भन्दै फलाक्नेहरुको कमी छैन । तपाईंले चाहेमा हाम्रो सम्बाद, छलफल, भेटघाट हुनसक्थ्यो, हुनसक्छ तर रास्ट्रिय फटाहाहरुको घेराभित्र मात्रै रमाउन अभ्यस्त हुनुभयो त्यसैले सम्भव भएन । यस्मा मेरो कुनै गुनासो छैन। गोविन्द बा तपाईंले जारी गरेको प्रेस बिज्ञप्ति हेरेको थिएँ। यो पटक तपाईंले आमरण अनशन मार्फत उठाउन लागेका प्रमुख माग दुईटा रहेछन् ।

१.भारतबाट अतिक्रमणमा परेको नेपाली भुभाग कालापानी, लिपुलेक, लिम्पियाधुर नेपाललाई फिर्ता ।
२.बरिष्ठताको आधारमा डिनको नियुक्ति गरिनुपर्ने ।
गोविन्द बा विभिन्न विद्युतीय छापामा तपाई आमरण अनशन बस्ने रे भन्ने समाचार छापिँदै गर्दा धेरैले तपाईंको खिल्ली उडाएको, भद्दा मजाक बनाएको, जथाभावी गाली गरेको देख्दा मलाई पनि पीडा भयो।

आफ्नो देशको भूमि अतिक्रमणमा पर्दा, मिचिँदा, थिचिदा कुन चै नेपालीको छातीमा चोट लाग्दैन र ?कुन चै नेपाली जुरमुराउदैन र ?आज सम्पुर्ण नेपाली जुरमुराएका छ्न।हामी सम्पुर्ण नेपाली लाई चोट लागेको छ।जस्ले जे जस्तोसुकै सोचे पनि यसै पत्र मार्फत भारतबाट अतिक्रमण मा परेको नेपाली भूभाग फिर्ताको माग राखी आह्वान गर्नुभएको सत्याग्रहप्रति मेरो पूर्ण साथ, सहयोग, समर्थनका साथमा ऐक्यवद्धता रहेकोे जानकारी गराउँदछु । गोबिन्द बा तपाईंको डिन नियुक्तको माग भने कदापी स्विकार्य हुन सक्दैन भन्ने जानकारी गराउँछु । किनकी मलाई प्रष्ट थाहा छ यो डिन नियुक्तिको माग तपाईंको हुँदैहैन । यो माग तपाईंकै वरिपरिका रास्ट्रिय दलाल फटाहाका माग हुन् ।

गोबिन्द बा स्मरण गराउन चाहन्छु । हिजो वार्ताको आवरणमा सत्याग्रहमाथी घात भयो भनेर हामी चिच्याउँदै गर्दा यिनै विस्वासघाती रास्ट्रिय फटाहाहरुको लहैलहैमा लागेर तपाईले आइओएम मा फटाह,भ्रष्ट जगदीश अग्रवाल लाई डिन बनाउन बार्गेनिङ गर्न राजी हुनुभयो । मलाई आज पनि त्यो दिन सम्झिदा उदेक लाग्छ, पीडा हुन्छ, रिस उठ्छ ।जगदीश अग्रवाल जस्तो फटाहआभ्रष्टलाई डिन बनाउन बार्गेनिङमा यदि तपाईं राजी नभैदिएको भए आज पनि हामी सगै हुने थियौं । गोबिन्द बा तपाईंको जीवन रक्षाका लागी हामी जीउ ज्यानको प्रवाह नगरी सडकमा होमिने तपाईं भ्रष्ट फटाहलाई डिन बनाउने खेलमा होमिएपछि हाम्रो सम्बन्ध, साथ टुट्नु नै थियो टुट्यो । फटाहा ,भ्रष्ट जगदीश अग्रवाललाई डिन स्विकार्न कदापी सकेनौं भ्रष्टलाई कालोमोसो दल्न बाध्य भयौं र दल्यौ।गोबिन्द बा धेरै कमीकमजोरी भैसकेका छन् । ती कमीकमजोरी सच्याउन लाग्नुहोस् । फेरि अर्को डिन बनाउन फटाहाहरुको बार्गेनिङको हतियार कृपया नबनिदिनुस् ।

तपाईंलाई आमरण अनशन बस्ने प्रेस विज्ञप्ति जारी गर्न लगाएर डिन, भिसीको बार्गेनिङ गर्ने,विभिन्न मेडिकल कलेज संचालकलाई भेट्न जाने, धम्क्याउने, कन्सल्टेन्सीमार्फत चन्दा लिने तपाईंका आफ्नै भन्नेहरूसँग सावधान रहनुहोस् ।

गोविन्द बा अहिले पनि समय छ यि सुरेन्द्र भन्डारी, ओम अर्याल, अभिषेक सिंह, सुशीला कार्की, रवीन्द्र मिश्र, गगन थापा जस्ता रास्ट्रिय फटाहा, दलालहरुलाई त्यागी दिनुहोस् । निःशुल्क स्वास्थ, निःशुल्क शिक्षा र यही देशमा रोजगारको सुनिस्चितताका लागी सँगै लडौं । चिकित्सा शिक्षा आयोगको अयोग्य भ्रष्ट उपाध्यक्ष श्रीकृष्ण गिरीबिरुद्ध लडौं , विद्यार्थी लुट्ने मेडिकल कलेज संचालक विरुद्ध लडौं , चिकित्सा शिक्षा क्षेत्रमा अघोषित सिन्डिकेट राखेर हाम्रा नेपाली दाजुभाइदिदिबहिनी को भविष्य माथी नखेलौं ।

नेपालमा नेपालकै मेडिकल कलेजहरु खोल्ने वातावरण बनाऔं, मेडिकल कलेजहरु खुलुन ,हाम्रा दाजुभाइ दिदिबहिनीहरुले आफ्नै देशमा अध्ययन गर्न पाउने वातावरण बनाऔं । अब खाडी मुलुकमा हाम्रा दाजुभाइ दिदिबहिनी तातो घाममा बेल्चा हान्न हैन डाक्टर नर्स बनेर बिरामीको उपचार गर्न जाने वातावरणको निर्माणमा लागौं । गोबिन्द बा यी फटाहाको जालझेल बाट बाहिर निक्लिनुस् । अहिले पनि समय छ बा ! नत्र एकदिन यिनै फटाहाहरुले तपाईको हत्या गरेर माइतीघर मन्डलामा लाशको ब्यापार गर्न बेर लाउने छैनन् । गोबिन्द बा डिन बनाउने चलखेलका साथमा ल्याइएको मागलाई पुनःबिचार गरेर त्यागी दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । कालापानी,लिपुलेक, लिम्पियाधुरा नेपालको हो । तपाईंले भारतबाट अतिक्रमण गरेको नेपाल को भुभाग फिर्ता हुनुपर्ने माग राखेर बस्ने आमरण अनशनमा मेरो ऐक्यवद्धता रहेको पुनः यसै पत्र मार्फत जानकारी गराउँछु ।

बिजय थापा
हालः काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार