आफ्नो कुरा मात्र सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस्ः महन्थ ठाकुर



काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले देशको एक भागको जनसंख्या संविधानप्रति असन्तुष्ट रहेको बेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताएका छन् । संविधान संशोधन विधेयक संसद सचिवालयले दर्ता नगरेपछि ठाकुरले संविधान संशोधन गर्नुपर्ने मागहरु उठाउँदै आएका जनताका कुरा नसुने राष्ट्रिय एकताको कुरा सम्भव नभएको बताएका हुन् ।

शुक्रबार विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका ठाकुर लगायतका नेताहरु संसद सचिवालयले दर्ता नगरेपछि त्यसै फर्किएका थिए । उनले भने, ‘देशको एक भागका जनताका आक्रोशित भएका बेला त्यसलाई सुन्नुहुन्न र आफ्नो कुरा मात्र सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस्, विवाद अरु ठाउँमा पनि छ, त्यो कुरा उठ्छ, छोडदैनौं हामीले ।’ एकता हुनुअघिको राष्ट्रिय जनता पार्टीले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरुमा संविधान संशोधनको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज