घर हिँडेका नागरिकलाई कुनै अवरोध नगर्न सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले घर फर्किने क्रममा अलपत्र परेका नागरिकलाई तत्काल गन्तव्यमा पुर्याउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले उनीहरुलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न सरकारलाई आदेश दिएको हो ।

अदालतको आदेशसँगै अब सरकारले उनीहरुलाई निःशुल्क रुपमा घरसम्म पुर्याउनुपर्नेछ । सर्वोच्चले घर हिँडेका उनीहरुलाई कुनै अवरोध नगर्न पनि आदेश दिएको छ । सरकारले घर हिँडेका मजदूरको हकहितमा ध्यान नदिएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले लकडाउन घोषणा गरेसँगै हजारौं सर्वसाधारण हिंडेर घर जान बाध्य भएका छन् । तर सरकारले उनीहरुलाई घर पुर्याउनका लागि कुनै वास्ता गरेको छैन । उनीहरु दुई हप्तासम्म लगाएर घर गइरहेका छन् । सोलुखुम्बुबाट समेत हिंडेर मजदूरहरु कैलालीसम्म पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने