एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने सरकारको निर्णय



काठमाडौं । सरकारले बागलुङ, कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको र्यापिड टेष्ट गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

ती जिल्लामा ठूलो संख्यामा कोरोना भाइरसको नमूना परीक्षण गर्ने र शंका लागेकालाई पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको छ ।

त्यसैगरी स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको व्यवस्था गरिनुको साथै स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । उपचारको क्रममा स्वास्थ्यकर्मी माथि बाधा उत्पन्न गराउने तथा स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउने काम भए त्यस्ता व्यक्तिलाई कारवाही गरी स्वास्थ्यकर्मीको सुरक्षाको उचित व्यवस्था मिलाउने निर्णय बैठकल गरेको छ ।

त्यसैगरी, बैठकले सजाय निर्धारण गर्ने समितिमा बाहिरका विज्ञ व्यक्ति राख्ने व्यवस्था अनुसार सरकारले रवीन्द्र भट्टराई र कुन्साङ लामालाई नियुक्त गर्ने गरेको छ । अपराध पिडित संरक्षण समितिमा विज्ञ रहने गरी डाक्टर शंकर कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोपको सहायताका लागि राजदूतहरुलाई सहयोग जुटाउन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि

ओमानबाट ५६० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६०

स्वास्थ्य अधिकारीहरुलाई बोलाएर प्रधानमन्त्रीले भने-‘समस्या भए भन्नुपर्यो, कोल्याप्स भयो त भन्नुभएन नि’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने

चट्याङ् लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको