नेपालमा कोरोनाका नयाँ तीन जना संक्रमित फेला



काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा थप तीन जना कोरोना भारइस संक्रमित फेला परेका बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा तीन जना नयाँ संक्रमित फेला परेका जानकारी दिइएको हो ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।

यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको