‘हिजोसम्म कन्दनी सुर्काउँदै सबै ठिक छ, तलमाथि भएको छैन भन्ने उहाँ के भन्नुहुन्छ त अब ?’



काठमाडौं । सत्तारुढ नेकपाकी नेतृ रामकुमारी झाँक्रीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि नैतिकताको प्रश्न उठाएकी छिन् । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको विषयलाई लिएर झाँक्रीले स्वास्थ्यमन्त्रीमाथि नैतिक प्रश्न उठाएकी छन् ।

ट्वीटमा उनले प्रश्न गरेकी छन्, ‘हिजोसम्म कन्दनी सुर्काउँदै सबै ठिक छ, राम्रो छ, तलमाथि भएको छैन, टेबलमा बसेर कुरा गर्न तयार छु भन्ने उहाँ के भन्नुहुन्छ त अब ?’

उनले भनेकी छन्, ‘मेहनत बिनाको कमाई खाने बिचौलिया,नीतिगत निर्णयको आदेश गर्ने नेतृत्वहरू बच्ने र प्रक्रियाको कागजमा दस्तखत गर्नेहरू नै भ्रष्टचारमा जाकिएका छन् आजसम्म ।’ औषधि खरिदको ठेक्काको विषयलाई लिएर सर्वत्र विरोध भएपछि बुधबार स्वास्थ्य सेवा विभागले ठेक्का रद्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर