लकडाउनको समयावधि चैत २५ गतेसम्म थप्ने सरकारको निर्णय



काठमाडौं । सरकारले चैत २५ गतेसम्म लकडाउनको समयावधि थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कम्तीमा एकसाता लम्ब्याउन सिफारिस गरेको थियो ।

यसअघि चैत १० गते बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले गत आइतबार बिहानदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको निर्णय गरेको छ
२५ गते राति १२ बजेसम्म लकडाउन कायमै राख्ने निर्णय भएको अर्थ तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा हालसम्म पाँचजना कोरोना सङ्क्रमित फेला परेका छन् । पाँचै जना अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल भित्रिएका हुन् । ती मध्ये एकजना उपचारपछि निको भएर घर फर्किइसका छन् । चार जनामध्ये, एकको धनगढीमा, शनिबार सङ्क्रमित पुष्टि भएकी १७ वर्षीया किशोरीको धवलागिरि अञ्चल अस्पताल बाग्लुङमा र बाँकी दुईजनाको टेकु अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । ती सबै बाह्य देशबाट सङ्क्रमित भएर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ