लकडाउनको अवधि एक साता थप गर्न उच्चस्तरीय समितिको सिफारिस



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको समितिको बैठकले लकडाउन सात दिन बढाउन मन्त्रिपरषद्मा सिफारिस गरेको हो । आजै बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपकाबारेमा निर्णय लिनेछ । सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउन घोषणा गरेको थियो ।

लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा र गाडी तथा हवाई यातायात पनि ठप्प पार्ने निर्णय गरेको थियो । सरकारले थप एक साता थपे चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ । त्यस्तै बैठकले भारतबाट आएर दशगजा क्षेत्रमा बसेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ ।

त्यस्तै विदेशमा रहेका नेपाली विद्यार्थीका लागि नेपाल राष्ट्र बैंकमार्फत रकम पठाउने र महामारी नियन्त्रणमा आएपछि मात्र नेपाल ल्याउने निर्णय भएको छ । अन्तर्राष्ट्रिय हवाई उडान अप्रिल १५ सम्म रोक्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास